काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन् ।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठक मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशनको कार्यतालिकाबारे महत्त्वपूर्ण निर्णय हुने ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक विषय र राष्ट्रियताको सवालमा समेत छलफल हुनेछ ।
ज्वालाले अधिवेशन तथा महाधिवेशनको कार्यतालिका तय गर्ने विषय बैठकको प्रमुख एजेन्डा रहेको बताए ।






