काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ग्वान्झाउ गएका हुन् ।
प्रधानन्यायाधीश शर्माको भ्रमण टोलीमा उनकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन् ।
प्रधानन्यायाधीश शर्मा असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।






