ज्ञानेन्द्र मल्ललाई रास्वपाको युवा, खेलकुद विभाग उपप्रमुखको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

आइतबार बसेको रास्वपा सचिवालय बैठकले मल्ललाई उक्त विभागको उपप्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मल्ल यसअघि गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले तयार पारेको समानुपातिक बन्दसूचीमा समेत समावेश भएका थिए ।