काठमाडौं । नेपाली बजारमा सोमबार (असोज ५) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको मूल्य भने सोमबार प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८०५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको थियो ।






