काठमाडौं– प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको विधेयक बैठकले सर्वसम्मतिले पारित गरेको हो।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि विस्तृत छलफल भएको जानकारी दिइन्। उनले बालबालिकाको अधिकारलाई सर्वोपरि राखेर विधेयक अघि बढाइएको बताइन्।
तालिम लिन इच्छुक विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै मन्त्री गौतमले दूरदराजका विद्यार्थीलाई प्राथमिकता दिने तथा विकट क्षेत्रका विषयलाई सम्बोधन गर्ने प्रावधान विधेयकमा समेटिएको जानकारी दिइन्।
यसअघि विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक असोज ६ गते दिउँसो १ बजे बस्नेछ।






