काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफीमिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीमिनाहाविरुद्ध दायर रिट निवेदन खारेज गरेसँगै राष्ट्रपतिबाट दिइएको माफीमिनाहा सदर भएको हो ।






