काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी खेतीपातीको याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध गराउन खरिद तथा आपूर्ति व्यवस्थापनको तयारी अघि बढाएकी छन्।
आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ।
स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी भइरहेको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
खेतीपातीको समयमा किसानले मल अभावको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले मन्त्री चौधरीले समयमै मल व्यवस्थापन गर्न निर्देशन दिएकी छन्। उनले मल खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनसमेत जोड दिएकी छन्।





