राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच बुधबार बिहान भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको भोलिपल्टै उनले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।