विमानस्थलबाट ७२० प्याकेट चुरोटसहित ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं । विदेश लैजान लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।

विदेश जान लागेका यात्रुको ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा शङ्कास्पद देखिएपछि खानतलासी गर्दा ठूलो मात्रामा चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न ब्रान्डका ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट गरी ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरिएको हो ।

बरामद गरिएका सामान विमानस्थल भन्सार कार्यालयमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।