काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसअघि मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, सोमबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँमा झरेको थियो । आइतबार भने २ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको थियो । मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।






