काठमाडौँ । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष आयोगको उक्त वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायहरूले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेस गर्नुपर्ने प्रावधान रहेको छ।
सोही संवैधानिक व्यवस्थाको पालना गर्दै अर्थमन्त्री वाग्लेले राष्ट्रिय सभाको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को कार्यप्रगति तथा विभिन्न गतिविधिको विवरण समेटिएको प्रतिवेदन पेस गरेका हुन्।






