काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य ३ हजार २०० रुपैयाँले घटेको थियो।
बुधबार भने सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको थियो। मंगलबार १ हजार ७०० रुपैयाँले घटेको सुन ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँमा झरेको थियो। आइतबार भने प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदीको मूल्य १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको थियो। बुधबार ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँमा झरेको थियो।
त्यसअघि सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँ तथा आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ कायम भएको थियो।






