काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा ६ वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकका निर्णयहरू प्रवक्ता पोखरेलले सञ्चारकर्मीसामु जानकारी गराएका हुन्।
मन्त्रिपरिषद्का ६ मुख्य निर्णय :
- स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने।
- विभिन्न सडक, जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरीका संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने।
- पशु, बधशाला र मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।
- संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।
- अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।
- दुई सहसचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरी क्रमशः गण्डकी प्रदेशको प्रमुख सचिव र ऊर्जा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने।






