काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ ।






