काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खुलामञ्च पुगेका छन्।
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन लामिछाने खुलामञ्च पुगेका हुन्। उनलाई कांग्रेसका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना भइरहेको छ। समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।






