काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर शर्माले खुला समूहबाट महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। महाधिवेशनमा कांग्रेस केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।
निर्धारित समयभित्र सभापति, उपसभापति, महामन्त्रीलगायत पदमा नेताहरूले मनोनयन दर्ता गराइरहेका छन्।






