पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठका जेठा दाजु बालनारायण श्रेष्ठको निधन

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका जेठा दाजु बालनारायण श्रेष्ठ (भाइकाजी श्रेष्ठ)को ८० वर्षको उमेरमा निधन भएको छ।

केही समयदेखि अस्वस्थ भई उपचाररत श्रेष्ठको आज बिहान काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको श्रेष्ठले जानकारी दिएका छन्। दाजुको निधनले परिवारका सबै सदस्यलाई ठूलो चोट पुगेको उनले बताएका छन्।

श्रेष्ठका अनुसार दिवंगत बालनारायण श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ।

दाजुको निधनप्रति दुःख व्यक्त गर्दै नारायणकाजी श्रेष्ठले भनेका छन्, “केही समयदेखि अस्वस्थ भई उपचाररत रहनुभएका मेरो जेठो दाई श्रद्धेय बालनारायण श्रेष्ठ (भाइकाजी श्रेष्ठ) को ८० वर्षको उमेरमा आज बिहान उपचारकै क्रममा नर्भिक अस्पतालमा दुःखद निधन भएबाट हामी परिवारका सबै सदस्यहरूलाई ठूलो चोट पुगेको छ।”

उनले आजै दाजुको अन्तिम संस्कार पशुपति आर्यघाटमा सम्पन्न भएको जानकारी दिँदै दिवंगत दाजुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।