काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा विनिता खड्का पक्राउ परेकी छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले खड्कालाई पक्राउ गरेको सीआईबीका एआईजी उमा चतुर्वेदीले जानकारी दिइन् ।
पक्राउ परेकी खड्का नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन् । महाधिवेशनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ भने उनको नतिजा आउन बाँकी छ ।
इजरायल पठाइदिने भन्दै ठगी गरेको यही प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरिसकेको छ ।






