घोराही (दाङ)। जङ्गली च्याउ खाँदा दाङमा तीन वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा बिरामी परेकी छन् ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–१, वनघुस्री निवासी ऋषि माझीकी तीन वर्षीया छोरी लक्ष्मी माझी रहेकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जङ्गली च्याउ खाएपछि लक्ष्मीसहित उनकी २६ वर्षीया आमा सुमित्रा माझी बिरामी परेका थिए ।
बिरामी परेका दुवै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले बताए ।
उनकी आमा सुमित्रा भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।






