बुढीगण्डकीको बाढी सोती बजारमा पुग्यो, दोभानको बेलिब्रिज बगायो

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढी आज बिहान ७ः३० बजे सोती बजारमा पुगेको छ। बाढीले सोती बजारस्थित पुल र केही टहरा बगाएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

बाढीले धार्चे गाउँपालिकास्थित दोभानको बेलिब्रिजसमेत बगाएको छ। गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार बाढीले दोभानको पुल, केरौंजा जाने पुल तथा विभिन्न बस्तीका केही घरसमेत बगाएको छ।

गोरखाका विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।