कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।
उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत
उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। विजयी भएका ई. मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन्।


अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित
उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।
यसैगरी, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी
महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन्।
अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी
महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन्।

मत गणनाको अन्तिम मत परिणाम ।

( उपसभापति खुल्ला तर्फ=

डा. चन्द्रकान्त भण्डारी  (विजयी): 3735

ई. मधु आचार्य  (विजयी) :2342

गोविन्द भट्टराई : 1752

सुरेन्द्रराज पाण्डे : 1673

दीपक गिरी :923

धनराज गुरुङ :1596

प्रा.डा. चन्द्र मोहन यादव :760

( समावेशी १ पद=

बिनोद कुमार चौधरी   (विजयी):1745

जीवन परियार :1658

फरमुल्लाह मंसुर :1144

सीता गुरुङ :1112

रंजीत कर्ण:562

महामन्त्री खुला तर्फ=

प्रदिप पौडेल  (विजयी):4194

अमरसिंह पुन मगर: 1125

उदय शम्शेर राणा  (विजयी):2330

डा. सुनिलकुमार शर्मा :2257

गुरुराज घिमिरे :1513

नैन सिंह महर:1134

शंकर तिवारी     :     123                                   डा सन्तोष उपाध्याय  :97

(महिला १ पद=

डा. डिला संग्रौला (पन्त)  (विजयी):3118

महालक्ष्मी उपाध्याय (डिना) :2864

रीता खनाल:804