स्वास्थ्य बीमा बोर्डमा ३ जना सदस्य नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् ।

बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहमद मिकरानी नियुक्त भएका हुन् ।

नवनियुक्त सदस्यहरूले सोमबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले शपथ गराएकी हुन् ।