कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १२ पुग्यो

२४ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको होम क्वारेन्टिनमा बसेको अवस्थामा कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मृत्यु पस्चात गरिएको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको हो । जेठ २१ गते उनको मृत्यु भएको थियो।