काठमाडौं । यस वर्षको मनसुन आजदेखि देशका सबै भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत असोज १७ गतेदेखि बाहिरिन थालेको मनसुन विगतको औसत समयभन्दा १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो।
मनसुन बाहिरिए पनि देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले जनाएको छ।





