काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज मध्याह्न १२ः३० बजे बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीबारे छलफल हुनुका साथै समसामयिक विषयमा आवश्यक निर्णय गरिने जनाइएको छ।






