काठमाडौँ । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न भट्टलाई पक्राउ गरिएको हो। इनाम सापकोटासँगको आर्थिक कारोबार तथा सम्बन्धबारे अनुसन्धान गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
पक्राउ परेका भट्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।





