काठमाडौं ।आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुन लागेको खेल नेपाली समयअनुसार ११ः १५ बजेदेखि सुरु हुनेछ।
लिग–२को शीर्ष ६ मा अटाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएको थियो।
नेपाल ३५ खेलमा २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ। ओमान भने ३१ खेलमा ३३ अंकसहित तालिकाको चौथो स्थानमा छ।






