काठमाडौं: बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई लक्षित गरी प्रहरीले कात्तिक ३ र ४ गते तीनवटा रुटमा बस सेवा उपलब्ध गराउन लागेको हो।
प्रहरीका अनुसार कात्तिक ३ गते पहिलो सिफ्टको बस दिउँसो ४ बजेबाट सञ्चालन हुनेछ। त्यस्तै, कात्तिक ४ गते बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३ः३० बजे दोस्रो सिफ्टका बसहरू सञ्चालनमा आउनेछन्।
पहिलो रुट नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुगेर टुंगिनेछ।
दोस्रो रुट नक्सालबाट सुरु भएर रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।
तेस्रो रुट नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किने प्रहरीले जनाएको छ।






