काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाज बागमती प्रदेशको प्रतिनिधित्व गर्ने दुई टोलीमध्ये एक हो। काठमाडौँ, भक्तपुर र ललितपुर गरी उपत्यकाका तीन सहरलाई समेटेर आफूलाई चिनाउँदै आएको यस टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ।
एनपीएलका पहिलो दुई संस्करणमा काठमाडौँ गोर्खाजको प्रदर्शन मिश्रित रह्यो। पहिलो सिजनमा टोली प्लेअफसम्म पुग्न सकेन भने दोस्रो सिजनमा प्लेअफमा स्थान बनाउन सफल भयो। तेस्रो संस्करणमा भने टोली अघिल्लो प्रदर्शनलाई सुधार गर्दै उपाधि दाबेदारी प्रस्तुत गर्ने योजनामा छ।
‘थ्री सिटिज्, वान सोल, वान टिम, वान ड्रीम’ अर्थात् तीन सहर, एउटै भावना, एउटै टोली र एउटै सपना भन्ने नाराले काठमाडौँ गोर्खाजले उपत्यकाका तीन सहरलाई एकताबद्ध गर्ने उद्देश्य झल्काउँछ। टोलीले ‘जित हाम्रो नाममा छ!’ र ‘आयोग गोर्खाली’ जस्ता नारामार्फत समर्थकमा उत्साह जगाउने प्रयास गरेको छ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडी करण केसी काठमाडौँ गोर्खाजका कप्तान तथा मार्की खेलाडी हुन्। अलराउन्डर करणको नेतृत्वमा टोलीले ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
टोली व्यवस्थापन
काठमाडौँ गोर्खाजको व्यवस्थापन तथा प्राविधिक टोलीमा अनुभवी व्यक्तिहरू रहेका छन्।
कार्यकारी निर्देशक: अनुभव स्वाँर सिरोहिया
मुख्य प्रशिक्षक: मोन्टी देसाई
क्रिकेट निर्देशक: शरद भेषवाकर
काठमाडौँ गोर्खाजको खेलाडी सूची
टोलीमा नेपाली तथा विदेशी खेलाडीको संयोजन रहेको छ। खेलाडीहरूको विवरण यसप्रकार छ।
क्र.सं.
खेलाडीको नाम
भूमिका
१
करण केसी
मार्की खेलाडी, कप्तान तथा अलराउन्डर
२
भीम सार्की
ब्याटर
३
आदिल आलम
अलराउन्डर
४
डेभिड वार्नर
ब्याटर
५
विल बोसिस्टो
अलराउन्डर
६
केएस भरत
विकेटकिपर
७
सहान अराचिगे
अलराउन्डर
८
सन्तोष यादव
अलराउन्डर
९
राशिद खान
बलर
१०
शाहब आलम
बलर
११
शाहिल पटेल
ब्याटर
१२
प्रसिद्ध जैसी
अलराउन्डर
१३
दयानन्द मण्डल
बलर
१४
सोनु देवकोटा
बलर
१५
कृष्ण पौडेल
बलर
१६
देव शाह
अलराउन्डर
१७
सुयान्शु कोइराला
ब्याटर






