काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले आज शपथग्रहण गर्ने भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ ।
शपथग्रहण कार्यक्रममा सहभागी हुन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई आमन्त्रण गरिएको छ ।
कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । आज हुने कार्यक्रममा सभापति थापाले केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।






