एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।