विराटनगरका तीन खेलाडीको अर्धशतक, जनकपुरलाई १७५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

विराटनगरका लागि तीन खेलाडीले अर्धशतकीय पारी खेले । लोकेश बमले ५०, इमरान शेखले ५६ रन बनाए भने आन्द्रे रसेल ५२ रनमा अविजित रहे ।

अब जनकपुरले जितका लागि १७५ रन बनाउनुपर्नेछ ।