काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार भएको सो भेटमा मधेश प्रदेश सरकारका विषयमा छलफल भएको हो।
हाल मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। सोही सरकारसँग सम्बन्धित विषयमा दुई नेताबीच छलफल भएको जानकारी गराइएको छ।





