काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बुधबार पनि बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो। उक्त बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।






