काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको थियो । तर, यसपटक गृहमन्त्री स्वयंले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।





