काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङका लागि आमन्त्रण गरेका हुन्। विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्।
यस खेलका लागि विराटनगरले आफ्नो पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। तर, काठमाडौँले भने टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ।
काठमाडौँले मोहम्मद आदिल आलम, रिपोन मण्डल र स्मित पटेलको स्थानमा नेपाली विकेटकिपर साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेलाई पहिलो रोजाइमा समेटेको छ।





