पोखराविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । पोखराले चितवनलाई ब्याटिङको निम्तो दिएको हो ।

पोखराले यस खेलका लागि कप्तान परिवर्तन गरेको छ । कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तानको जिम्मेवारी दिइएको छ । साथै, टोलीले पहिलो रोजाइमा तीन खेलाडी परिवर्तन गरेको छ ।

शाकिब अल हसनको स्थानमा युवराज सम्रा, सुदीप अर्याल र सागर ढकालले पहिलो रोजाइमा स्थान पाएका छन् । यसअघि पहिलो रोजाइमा रहेका आकाश चन्द र विपिन आचार्य आज बेन्चमा छन् ।

यता, चितवन राइनोजले पनि टोलीमा दुई परिवर्तन गरेको छ । मार्की खेलाडी कुशल मल्ल र डान मोस्ली पहिलो रोजाइमा फर्किएका छन् । देव खनाल र टम टेलर भने आजको खेलमा बेन्चमा रहनेछन् ।