काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले दीपावलीलगायत सार्वजनिक बिदाका दिनमा पनि आफ्ना डिपो खुला राख्ने भएको छ।
उपभोक्तालाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले स्थानीय माग र आवश्यकताका आधारमा निगमका विभिन्न डिपो तथा प्रादेशिक कार्यालय सञ्चालनमा रहने भएका हुन्।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलस्थित डिपो तथा प्रादेशिक कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहनेछन्।






