काठमाडौँ । देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, सर्लाहीबाट २६, धनुषाबाट १८ तथा ललितपुर र काभ्रेपलाञ्चोकबाट ११/११ जना पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।






