चितवन।चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको सुक्खा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी जाम कायमै रहेको छ।
मङ्गलबार दिउँसो पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाइए पनि साँघुरो सडक, पुल तथा सवारीसाधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको हो।
तिहार मनाउन काठमाडौँ जाने तथा काठमाडौँबाट बाहिरिने यात्रुहरू सवारी जाममा परेका छन्। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि सवारीसाधनको चाप अत्यधिक रहेकाले यातायात आवागमन सहज हुन नसकेको हो।






