राप्ती नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौं- दाङको राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको मृत्यु भएको हो।

राजपुर गाउँपालिका-७ हाटबासमा रहेको मामाको घरमा आएका बेला बालक नदीमा डुबेका थिए। उनी आज बिहान ११:०० बजे नदीमा नुहाउने क्रममा डुबेका हुन्। नदीमा डुबेर अचेत भएका बालकलाई तत्काल उपचारका लागि लमही अस्पताल लगिएको थियो। अस्पताल पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बालकको शव हाल लमही अस्पतालमै राखिएको छ।