वनमन्त्री चौधरी टर्किए प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्न टर्कीको अन्ताल्या प्रस्थान गरेकी छन् ।

नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनको दोस्रो साता मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्नेछिन् ।

सम्मेलनमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछिन् ।

त्यसैगरी, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीबापतको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणलगायत विषयमा नेपालको धारणा प्रस्तुत गर्ने उनको सचिवालयले जनाएको छ ।