काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयता अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन् ।
उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
‘आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीका । यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।
त्यस्तै, भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् ।






