एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। राष्ट्रिय भेलालगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला तथा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय गरेको छ।

एमालेले सार्वजनिक गरेको कार्यतालिकाअनुसार राष्ट्रिय भेला काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ।

त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ। उक्त भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

यसैगरी, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।