काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ। आइतबार ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ निर्धारण गरिएको छ।
पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।





