काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
त्यस अवसरमा दुवै देशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ ।





