कात्तिक १४, काठमाडौं ।
बलिउड अभिनेता अक्षय कुमार मुख्य भूमिकामा रहेका बहुप्रतिक्षित फिल्म लक्ष्मी बमको नाम परिवर्तन गरिएको छ । फिल्मको नामबाट ‘बम’ हटाएर केवल ‘लक्ष्मी’ राखिएको छ ।
फिल्मको ट्रेलर सोसल मिडियामा निकै भाइरल भएको थियो । फिल्मलाई वहिष्कार गर्नुपर्ने माग उठिरहेका थिए । यसैबीच निर्माताहरू तुषार कपुर, शबीना खान र अक्षय कुमारले दर्शकको माग र भावनाअनुसार नाम परिवर्तन गरिएको बताएका छन् ।
यस फिल्ममा अक्षय एक ट्रांसजेंडरको भूमिकामा देखिँदैछन् । यसमा कियारा आडवाणी अक्षयको जोडीका रुपमा प्रस्तुत हुनेछिन् । फिल्म ९ नोभेम्बरमा रिलिज हुँदैछ ।
यो फिल्म तमिल भाषाको फिल्म कञ्चनाको हिन्दी रिमेक हो ।







