काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ कायम भएको छ।






