काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ४८ वटा हिमाल आरोहणका लागि १८८ टोलीलाई अनुमति दिँदै ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ राजस्व संकलन गरेको छ।
सबैभन्दा बढी राजस्व मनास्लु हिमाल आरोहणबाट प्राप्त भएको छ। मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० आरोहीबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व संकलन भएको हो।
त्यसैगरी, धौलागिरि–१ आरोहणका लागि अनुमति लिएका ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ र मकालु आरोहण गर्ने तीन जनाबाट ६ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त भएको छ।
यसैगरी, हिम्लुङ हिमाल आरोहणका लागि अनुमति लिएका १३० जनाबाट ७९ लाख ७४ हजार २० रुपैयाँ तथा आमादब्लम आरोहणका लागि अनुमति पाएका ४७६ आरोहीबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ सलामी दस्तुर संकलन भएको छ।






