एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।